Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे


काठमाडौँ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरेका छन् । उनले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नती गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराए । उनले चक्रपथ निर्माणलाई शुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रश्तुत गर्नुपर्ने बताए । वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले वसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गरे । यदी चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा वसुन्धरा क्षेत्रको तीनसय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरु स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने धराणा राखे ।

उनले भने, ‘कलंकी–महाराजगञ्ज चक्रपथ सडकको स्तरोन्नति गर्ने ठाउँमा हामी आइपुगेका छौँ । यो सुखद कुरा हो । अघि माननीय मन्त्रीज्यु, डीजीसा’बले भन्नुभएअनुसार हामीले बुझ्यौँ कि यही आर्थिक वर्षदेखि नै यो काम प्रारम्भ हुँदैछ । त्यो तहमा निष्कर्षमा पुगेको धेरै महत्त्वपूर्ण र स्वागतयोग्य कुरा छ । म यसको लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय, मन्त्रीज्यू (देवेन्द्र दाहाल) लगायत सबैलाई धन्यवाद भन्न चाहन्छु । यति हुँदा हुँदै पनि हामीले सुन्यौँ कि तीन सय मिटर, बसुन्धारा क्षेत्रको एउटा ठूलो समस्या छ । त्यसलाई यही प्रोजेक्ट अन्तर्गत निष्कर्षमा पु¥याउन सकिन्छ र कार्यान्वयन गर्न सकिन्छ । चीन सरकारको सहयोगमा त्यसलाई टुंग्याउने प्रोसेसका लागि महत्वका साथ पहल गर्ने । यदी त्यसो हुन सकेन भने नेपाल सरकारले आफैँले अरु स्रोत जुटाएर यति काम गर्ने । त्यो क्षेत्र समेट्दा एउटा पार्ट टुंगिने भएकोले त्यसतर्फ सरकारको विशेष ध्यान रहोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु । तेस्रो कुरा भनेको हामीले कलंकीदेखि महाराजगञ्जसम्मको यो एरियामा भयंकर स्तरिय, एडभान्स पारामा गाडी गुड्ने, यसपछिको बाँकी भागमा घण्टौँ जाम बस्नुपर्ने, रमाइलो यात्रालाई तुरुन्तै नरमाइलोमा परिणत गर्ने ? यो काम सम्पन्न गर्दैगर्दा ति महत्वपूर्ण ठाउँमा पनि स्तरोन्नति हुने, सँगसँगै । त्यो परिस्थिति निर्माण गर्न के गर्न सकिन्छ भन्ने कुरामा सम्पूर्ण सरकारको, मन्त्रालयको ध्यान रहोस् । अर्को महत्वपूर्ण कुरा म के ध्यानाकर्षण गर्न चाहन्छु भने जस्तो नाराणगढ–बुटवल खण्ड यो वर्ष धेरै राम्रो भयो । म त्यससको प्रशंसा गर्छु । तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । तर त्यो भन्दा अगाडि धेरै वर्ष यसको कार्यान्वयनको जटिलताले धेरै ठूलो आलोचना र धेरै ठूलो बर्बादीको स्थिति हामीले ब्यहोर्नुप¥यो । र, अहिले यो वर्ष पनि दाउन्ने क्षेत्रमा पनि मन्त्रालयले गर्न खोजेजस्तो गर्न चाहेजस्तो पूरा भएन । तर, तपाइँहरूले जुन म्यानेज गर्नुभएको छ, त्यो सकारात्मक छ । त्यसैगरी, यो (चक्रपथ स्तरोन्नती) कार्यान्वयन हामीले जुन रुपमा गर्र्दैछौँ त्यसखालेका प्रवृत्तिको निरन्तरता फेरि हामीले यसमा भोग्न नपरोस् । यो चाहीँ साँच्चै शुरुदेखि अन्त्यसम्म राम्रोसँग, तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम होस् भन्ने कुरा राख्न चाहन्छु ।’

सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम गर्न आग्रह गरे ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?