Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


११ चैत्र ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ ।

पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिएका हुन्‌।

गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको उनले जानकारी दिए । प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गरेको सचिव पौडेलको भनाइ छ ।

सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पुर्याउने माओवादीले विश्वास लिएको छ । यस्तै सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उनको भनाइ छ ।

त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो । सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ ।

यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ । सात प्रदेशमध्ये दुईवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार विस्तार तयारी छ । सातै प्रदेशमा आलोपालो संरचनाअनुरुप अघि लाने भन्ने विषयमा संक्षिप्त कुराकानी भएको सचिव पौडेलको भनाइ छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?