Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् ।

शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएको छ । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बतायेका छन् । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउदै उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताएका छन् । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनकोभनाई छ ।

उनले भने,‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महङ्गो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरुमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ति अस्पतालहरुमा स्वास्थ्य सेवा किनेको हो । बीमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बीमा गर्नेहरुलाई स्वास्थ्य सेवा दिन लगाएको हो । तिमीले राम्रो दिएनौँ । अब म तिमीसँग गर्दिन अर्कैसँग गर्छु भन्न पाउनुप¥यो । बीमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन । रेगुलेट गर्ने निकाय पनि एउटै । कार्यान्वयन गर्ने पनि एउटै । अनि कसरी व्यवस्थित हुन्छ ? रेगुलेट गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्छ चाहे सरकारी होस् । चाहे निजी होस् । त्यसो गरियो भने बीमाको माध्यमबाट उपचार सरकारी अस्पतालले पनि गर्न सक्छ । निजी अस्पतालले पनि गर्नसक्छ । बीमालाई कार्यान्वयन गर्नेगरी अगाडी जान खोजिरहेका छौँ ।’

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गरेका छन् । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरेका छन् । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए ।

उनले भने,‘यहाँहरुले आफ्नो संस्थालाई जति पारदर्शी बनाउन सक्नुभयो त्यति विश्वसनीयता बढेर जान्छ । जस्तैः दश प्रतिशत विपन्नलाई दिने । यो नेतालाई भाषण गर्न किन दिनुहुन्छ ? स्वास्थ्य मन्त्रीलाई बारम्बार भन्ने किन बनाइरहनुहुन्छ ? आफैँ दिनुस् न । आज यति बेड अकुपाईँ थियो । त्यो मध्येमा यति जनाले निःशुल्क उपचार गरे । तिनको नाम यो हो । आफैँ उपचार गर्नसक्ने मान्छेले विपन्नमा सुविधा लियो भन्ने कुरा सार्वजनिक भयो भने त्यसको बेइजत हुन्छ । त्यसपछि उसले लिदैँ लिँदैन । सही विपन्नलाई तपाईले सुविधा दिनुभएको छ भने त्यो रमाउँछ, खुशी हुन्छ । तपाइको पाँच तल्ले बिल्डिङमा बनेको अस्पताल मेरो पनि हो भनेर महशुस गर्छ । त्यसैले एकदम पारदर्शी ढङ्गबाट बेलुका हामीले यति जनाको निःशुल्क उपचार ग¥यो । दश प्रतिशत भित्र यसरी पर्छ । मेरो सिफारिसमा नगर्नुस् । एउटा पोलिसी बनाऔँ । त्यो पोलिसीभित्र तपाईले गरिदिनुस् । पारदर्शी ढंगबाट । नागरिक बडापत्र छ, त्यसमा सबैको मूल्य निर्धारण गरिदिनुस् । सबैले देख्ने ठाउँमा राखिदिनुस् ।’

उनले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुपर्ने बताउदै बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?