Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

पधाधिकारी चुन्न नेकपा एसको निर्वाचन शुरु


काठमाडौं । अधिवेशनले पधाधिकारी चुन्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) चुनावमा होमिएको छ ।

आन्तरिक खिचातानी र नेताहरुले आफ्ना निकटका नेता कार्यकर्तालाई च्याप्न खोजेपछि एकीकृत समाजवादी अनिर्णित बनेको थियो । १८ पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न अहिले मतदान भइरहेको (यो समाचार तयार पार्दा सम्म) छ । केन्द्रिय कमिटी बैठकमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । पार्टी निर्माणको छोटो समयमा नेता कार्यकर्तामा पदलोलुपता देखिएको टिप्पणी हुँदै आएको छ । तर एकीकृत समाजवादिका नेताहरु लोकतान्त्रिक विधि सबैले मान्नुपर्ने तर्क गर्छन् । पार्टीमा नेतृत्व गर्ने चुनिएर आउनु राम्रो भएको उनीहरुको भनाइ छ ।

एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध निर्वाचित गराएको छ । अब सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो सदस्यको चयन निर्वाचनबाट हुँदैछ ।


प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?