Trending
>>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कोसी ब्यारेजमा मेला भर्नेको घुइँचो


सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प नहरमा नुहाएर आज पुसे पूर्णिमा मनाइँदै छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, फारबिसगञ्ज, मधुवनी, लौकही, लौकहा, खुटौना, अररिया, निर्मली, कुनौलीलगायत स्थानबाट कोसीमा स्नान गर्न आएका स्थानीय लीला यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैदेखि बस, ट्र्याक्टर, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेको सङ्ख्या उल्लेख्य छ । कौशिका माताका रूपमा कोसी नदीलाई पूजा गर्ने चलनअनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मीठाइ खाने गरिन्छ भने बढी श्रद्धालु घरबाटै मुरही, चिउरा, छोला तरकारी बोकेर जाने चलन छ । एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामग्रीको खरिद–बिक्री गरिन्छ ।

मेलामा कृषकका बढी उपस्थिति हुने गरेको स्थानीयवासी बताउँछन् । पौष शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास रहेको पण्डित पुरण झा बताउनुहुन्छ । सप्तकोसी नगरपालिका, बलान बिहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कल्याणपुर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।


प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?