Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयबाट पार्टी उपसभापति डोलप्रसाद अर्यालले अभियानको शुभारम्भ गर्दै युवा पुस्तालाई नेपालमा रोक्ने प्रयासका लागि यो अभियान थालिएको बताएका छन् ।

साना व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजागरी सिर्जना गर्न पनि अभियानले मद्दत पुर्याउने बताउदै उनले अभियान पार्टीमा रहेको ३८ वटा विभागमध्ये ५ वटा विभाग मिलेर शुरु गरेकोजानकारी दिएका छन् । उन ले रास्वपाले कस्तो राजनीति गरिरहेको छ ? भन्नेकुरा पनि अभियानमार्फत थाहा हुने बताए ।

उनले भने, ‘हामीले केही न केही नयाँ र केही न केही नेपालको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ भन्ने एउटा प्रयास स्वरुप हामसिँग विभिन्न विभागहरुबाट काम भइरहेको छ । हामीले केही रिफर्म गरिरहेका पनि छौँ । पार्टीमा ३८ वटा जति विभागहरु छ । ति विभागमध्ये ५ वटा विभागले आजको यो कार्यक्रम आयोजना गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो राजनीति गरिरहेको छ, केका लागि राजनीति गरिरहेको छ, देश र जनताले खोजेको जस्तो राजनीति गर्दैछ की नेता बन्न अहिले भइरहेको जस्तै राजनीति गरिरहेको छ भनेर हेर्न सक्नुहुन्छ । युवा पुस्तालाई नेपालमा रोक्ने प्रयास गरौँ, सबै जनाले, यो प्रयास गर्दा सय जना जाँदै गर्दा ५ जना रोक्नसके पनि राम्रो हुन्छ भनेर यो कार्यक्रम गरिएको छ । नेपालमा कसरी साना साना व्यवसाय गर्नसक्छौँ भनेर त्या विषयमा पनि हामीले नीति मन्थन गरेका छौँ ।’

उनले केन्द्रमा मात्र नभइ यस्ता कार्यक्रम, प्रदेश, जिल्ला र पालिकास्तरमा समेत गर्दै जाने प्रतिवद्धता जनाएका छन्।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?