Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयबाट पार्टी उपसभापति डोलप्रसाद अर्यालले अभियानको शुभारम्भ गर्दै युवा पुस्तालाई नेपालमा रोक्ने प्रयासका लागि यो अभियान थालिएको बताएका छन् ।

साना व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजागरी सिर्जना गर्न पनि अभियानले मद्दत पुर्याउने बताउदै उनले अभियान पार्टीमा रहेको ३८ वटा विभागमध्ये ५ वटा विभाग मिलेर शुरु गरेकोजानकारी दिएका छन् । उन ले रास्वपाले कस्तो राजनीति गरिरहेको छ ? भन्नेकुरा पनि अभियानमार्फत थाहा हुने बताए ।

उनले भने, ‘हामीले केही न केही नयाँ र केही न केही नेपालको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ भन्ने एउटा प्रयास स्वरुप हामसिँग विभिन्न विभागहरुबाट काम भइरहेको छ । हामीले केही रिफर्म गरिरहेका पनि छौँ । पार्टीमा ३८ वटा जति विभागहरु छ । ति विभागमध्ये ५ वटा विभागले आजको यो कार्यक्रम आयोजना गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो राजनीति गरिरहेको छ, केका लागि राजनीति गरिरहेको छ, देश र जनताले खोजेको जस्तो राजनीति गर्दैछ की नेता बन्न अहिले भइरहेको जस्तै राजनीति गरिरहेको छ भनेर हेर्न सक्नुहुन्छ । युवा पुस्तालाई नेपालमा रोक्ने प्रयास गरौँ, सबै जनाले, यो प्रयास गर्दा सय जना जाँदै गर्दा ५ जना रोक्नसके पनि राम्रो हुन्छ भनेर यो कार्यक्रम गरिएको छ । नेपालमा कसरी साना साना व्यवसाय गर्नसक्छौँ भनेर त्या विषयमा पनि हामीले नीति मन्थन गरेका छौँ ।’

उनले केन्द्रमा मात्र नभइ यस्ता कार्यक्रम, प्रदेश, जिल्ला र पालिकास्तरमा समेत गर्दै जाने प्रतिवद्धता जनाएका छन्।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?