काठमाडौँ । पोखराबाट काठमाडौं आउदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ ।
बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको शवको मध्यान्न १२ बजेसम्म पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने भरतपुर अस्पतालले बताएको छ।
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार