Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

कांग्रेस बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो


काठमाडौँ। सत्तारुढ दल नपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्य र पूर्वपदाधिकारीहरुको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले  केन्द्रिय समितिको बैठकमा प्रश्तुत गरिएको विषयहरुमा छलफल जारी रहेको बताएका छन् । उनले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुराहरुमा जोड दिइएको बताए ।

उनले गठबन्धनलाई सफल बनाउने, नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा सदस्यहरु मत जाहेर गरेको बताउदै पार्टीबाट पदाधिकारी, संसद, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बत्स्सेक्स्स छन् । त्यस्तै चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरु टुंगो लगाउनुपर्ने आवाज सदस्यहरुको रहेको बताए।

प्रवक्ता महतले वक्ताहरुले समानुपातिकता, समावेशिता, महिला, आदिवासी जनजातीको प्रतिनिधित्वको व्यवस्थाको मुल मर्म बिग्रिनु हुँदैन भन्नेमा जोड दिएको पनि बताएका छन् । बैठकमा नेताहरुले पार्टीले एक्लै जित्ने परिवेश बनाउनुपर्ने र पार्टीमा एकता कायम रहनुपर्ने बारेमा सदस्यहरुको जोड रहेको बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?