Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छः बाबुराम भट्टराई


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै देश बन्नसक्ने बताए।

उनले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताउदै आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमान्दारिता आवश्यक रहेको बताए ।

उनले भने , ‘हाम्रो जस्तो जटिल भूराजनीति भएको जुन ठाउँ छ । यहाँ विभिन्न शक्तिहरु खेल्ने कोशिस त गरिहाल्छन् नि । त्यो स्वभाविक हो । त्यसमा अरुलाई दोष दिनु हुँदैन । जहाँ पनि हुन्छ, अहिले पनि भइरहेको छ । राजनीतिमा पढेलेखेका मान्छे, सादगी जीवन बिताउने मान्छेहरु र नैतिकवान मान्छेहरु नआउने हो भने देश बन्दैन । चुनाव जितिन्छ, सरकारमा गइन्छ, मान्छेहरु मन्त्री हुन्छन् । त्यो त भइरहेको छ । त्यो राणाको कालमा पनि भएको थियो, पञ्चायत कालमा पनि भएको थियो । काँग्रेस र एमालेको पालोमा पनि भएको थियो र अहिले पनि भइरहेको छ । साँच्चै नै आधारभुत संरचनागत रुपान्तरण गर्ने, जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउने हो भने सक्षम मान्छे देशको नेतृत्व तहमा जानुपर्छ । सँगै इमान्दारिता चाहिन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरुमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?