Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैनः अध्यक्ष राउत


काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए। उनले मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताएका छन् । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।

उनले भने , ‘राष्ट्रियता भनेको के हो ? म नेपाली हो भने मलाई किन मान्छेहरुले नेपाली भन्दैनन् । मधेसी मेरो राष्ट्रियता हो भने किन पहिचान पाएको छैन, यो कुरा सबैमा उठेको छ । राष्ट्रियताको खाँचो के छ त ? धेरै मानिसहरु भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको । धेरैले भन्छन् । ग्लोवल भिलेज भइसक्यो के मधेसी भनेको होला ? भन्छन् । तर तपाईं कुनै अर्को देशमा जानुस्, के सोध्छ ? होएर आर यु फ्रम सोध्छ । आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ ।’

अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?