Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

राजनीति र समाज विकृतिले व्याप्त छः माधवकुमार नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गरे ।

उनले सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरु यसबाट झनै बढी पीडामा परेको बताएका छन् । उनले विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको बताउदै त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको बताउदै देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

उनले भने , ‘अहिले नेपाली समाज र राजनीतिक जगतहरुमा थुप्रै विकृति, विसंगतिहरु विद्यमान छन् । त्यसले प्रत्येक परिवारलाई निकै ठूलो समस्यामा पारिरहेको छ । प्रत्येक परिवारका आफ्ना आफ्ना पीडा र वेदनाहरु छन् । त्यसमा पनि आर्थिक रुपमा विभिन्न भएकाहरु, सामाजिक रुपमा अपहेलित भएकाहरु, महिला समुदायहरु झनै ज्यादा पीडाहरु भोगिरहेका छन् । पीडाबाट मुक्ति पाउनका लागि भएपनि एक दिन यो तिज मनाएको हो की भन्ने लाग्छ । कमसेकम एक दिन त आनन्दले गाउन र नाच्न पाए हुन्थ्यो भनेर हो की । हाम्रो समाजमा पुराना संस्कारहरु जिउँदै छन् । पुराना संस्कारले गाँजेकै छ । विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ । हामी त्यसका बिरुद्धमा छौँ । त्यसको शुरुवात पनि गर्नुपर्छ । हामीले खुबी राख्नुपर्छ, विकास गर्नुपर्छ । राम्रो सन्देश कसैले दिन्छ भने त्यसलाई हामीले प्रेरित गर्नुपर्छ । राम्रो भावनाको संप्रेषण गर्छ भने त्यसलाई प्रेरित गर्छौं । उत्पादन हामी कहाँ भइरहेको छैन । रोजगारी बढिरहेको छैन । देशभित्र मान्छेले काम नपाएर विदेशमा जानेहरुको लाम लाग्ने गरेको छ । त्यो देख्दा प्रत्येक नेपालीको मन रुन्छ । ति परिवारहरुको बिजोग देखिरहेका छौँ ।’

अध्यक्ष नेपालले चाडपर्वले चिन्तालाई कम गराउने बताएका छन् । उनले समाजको वास्तविकता उजागर गर्ने नाममा मान्छेमा नकारात्मकताको मात्रै सन्देश दिइरहेको बताए । तिजले नेपाली महिलाहरुको अनुहारमा सधैँ उज्यालो छर्न सक्नुपर्ने बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?