Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

दुई ठूला दल मिलेर बनेको सरकारप्रति भारतको रेस्पोन्स राम्रै रह्यो : परराष्ट्रमन्त्री आरजु


काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको ब्रिफिङ पार्टीलाई गरेकी छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय अधिकारीहरूसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् । उनले आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन् ।

‘लक्किली मोदीजीसँग पनि भेट भयो’ उनले अगाडि भनिन्, ‘सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरूको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु ।’ उनले नेपालको विकासका गति अगाडि बढ्ने भारतीय पक्षको विश्वास पाएको बताइन्।

‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो–यस्तो छ । हामीले पास गरेर दिइसकेका छौँ । मोडलिटी के हुनसक्छ भन्छौँ भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराइन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?