काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा बसमा रहेका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।
झण्डै ४० यात्रु बोकेर पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव निकालिरहेका प्रहरीले जानकारी दिएको छ ।
बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो ।
प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार