Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन,दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ ।

शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले मुलुकमा दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ । नयाँ राजनीतिक समीकरण बमोजिम नै नयाँ सरकार गठन भएको छ । यो सरकार बनाउनकै लागि मात्र बनाइएको गठबन्धन, सरकार होइन । पछिल्लो डेढ वर्षमा हामीले के देख्यौँ भन्दा एउटा गठबन्धन बन्ने, अर्को भत्किने, संघमा एउटा सरकार बन्ने, दुई, तीन महिनामा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने, फेरि केही पार्टी छोडिने, केही जोडिने । डेढ वर्षसम्म पटक पटक यो अभ्यास भयो । एउटा सरकार बन्छ, अर्को भत्किन्छ, काठमाडौंमा मात्रै बन्ने भत्किने भएको भए हुन्थ्यो, काठमाडौंमा सरकार भत्कियो की सातै प्रदेशमा भत्किन्छ । यसले सरकारको स्थिरता र स्थायित्वमा प्रश्न उठ्यो । यसले प्रत्यक्ष सेवा प्रवाहमा असर प¥यो । यसले विकास निर्माणका कामहरु गतिले अघि बढ्न सकेनन् । मुलुकको अर्थतन्त्रमा शिथिलता उत्पन्न भयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भए । यसले जनताको सेवामा समस्या उत्पन्न भयो । किनभने राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुनुप¥यो । त्यसैले अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ सरकार बनेको छ । मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ । अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन ।’

गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताएका छन्।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?