Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन् ।

बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताएका हुन् । उनले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देहबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराएका छन् । उनले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए। उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताएका छन् । उनले स—साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैरसहकारी तत्वहरु केही सहकारीमा प्रवश गरे । सहकारी अचानक ठूला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्वहरु त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरुको व्यापक नेटवर्क बनाउनु पर्छ । स—साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्छ । स्टार्टअप विभिन्न क्षेत्रमा चान्स छ । अब हामीकहाँ एक ढंगले भन्ने हो स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ । हाम्रा युवाहरु बाहिर गइरहेका छन् । कामको खोजिमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ । सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए । उनले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको बताए । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताए। प्रधानमन्त्री ओलीले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताएका छन्।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?