Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

केही आवश्यक बन्दोबस्त मिलाएर सर्वसाधारणका लागि धरहरा खुला गरिन्छ:प्रकाशमान सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ ।बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए । उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताएका छन् । उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताएका छन् ।

उनले भने , ‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ । जुन तपाईंहरुले अपेक्षा गर्नुभएको छ । यो नयाँ शहररुको बारेमा के हुँदैछ ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ । संसदको भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ । ८२ प्रतिशत त प्रगति भइसकेको छ । ८२ प्रतिशत प्रगति भएर के गर्नु ? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन । सबै बनेर साउण्ड सिस्टम भएन भने कसरी चल्छ ? केही समस्या भए, अवरोध भए हटाउन केही सकिन्छ की भनेर लागिरहेका छौँ । ठेक्का लिएकाहरुले पनि समयसीमामा त बनाइसक्नुपर्छ नि । फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु । सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ । सबैको आइडिया लिइरहेका छौँ । एउटा निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेका छौँ । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा म छु । राम्रो गर्न के गर्नसकिन्छ, म लागिरहेको छु ।’

उनले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताए ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?