Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रचण्डलाई लाज लाग्नु पर्दैन?


  • डा. बाबुराम भट्टराई

गत नौ बर्षदेखि निरन्तर सत्तामा बस्दा शान्तिप्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगर्ने, संघीयताको कार्यान्वयनमा आवश्यक कानूनी र प्रशासनिक दायित्व निभाउन नसक्ने, संविधानसभाको वेलादेखि उठाउॅदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्पतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकावारे मुखमा पट्टी बाॅधेर बस्ने, राष्ट्रिय स्वाधीनताको सम्बर्धननिम्ति अत्यावश्यक EPG प्रतिवेदनवारे मुख खोल्न नसक्ने, ठूला भ्रष्टाचारका काण्ड कुनैलाई सार्थक निष्कर्षमा पुर्याउन नसक्ने, संरचनात्मक संकटमा फसेको अर्थतन्त्र उकास्ने र लाखौं युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्नेवारे माखो मार्न नसक्ने, २७५ जनाको संसदमा ३० जना ( अरू २ जना त नेसपाबाट निर्वाचित हुन्!) सांसदको ‘जादूयी नम्बर’ को फुइॅ दिएर सबै दललाई पालैपालो ठग्ने, जनयुद्धमा अतुलनीय योगदान गर्ने शहीद,वेपत्ता, घाइते योद्धाहरूलाई पन्छाएर आफ्नै परिवारका सदस्यहरूको नाउॅमा राज्यको तर्फबाट स्मारक बनाउन नलजाउने….!

जब आम जनता नै यस्तो लज्जास्पद हर्कतबाट वाक्कदिक्क भएको मौका छोपेर पुराना संसदीय खेलाडीहरूले नयाॅ गठबन्धन गरेर ‘मियाॅकी जुती मियाॅके शरपर’ भने झैं बदला लिन्छन् अनि फेरि रोइलो? कुनै वेला २७५ मध्ये २६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि लाजले मुख छोपेर बाटो लाग्नु सट्टा संसद फेस गर्ने ध्वांस्? के गर्नेलाई भन्दा देख्नेलाई लाज?

अब फेरि यी कानले ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूद्वारा क्रान्तिकारीहरूको घेराबन्दी’, ‘जनयुद्धका उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च कमाण्डरका वरिपरि सबै गोलबन्द हुनुपर्ने’ आदि इत्यादि लफ्फाजी र जनयुद्धमा त्याग र बलिदान गरेकाहरूको भावनात्मक दोहनका राग सुन्नुपर्ने ? हे मार्क्स-लेनिन-माओ, तपाईंहरूले यस्तै उत्तराधिकारी खोजेको हो ?


प्रकाशित मिति: २२ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?