Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँः सभापति खतिवडा


काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उनको भनाइ छ ।

सभापति खतिवडाले भने, ‘हामी सबैको चाहना छिटो होस् भन्ने हो । यो अति आवश्यक र महत्वपूर्ण कानून हो । यसलाई छिटो छिटो भन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ । यसमा सबै मान्यज्युहरु सकारात्मक हुनुहुन्छ । यसै सन्दर्भमा मिल्छ की सरकारले अर्को ल्याउनुपर्छ, ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि एउटा धारणा आओस् ।’

सभापति खतिवडाले ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?