Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँः सभापति खतिवडा


काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उनको भनाइ छ ।

सभापति खतिवडाले भने, ‘हामी सबैको चाहना छिटो होस् भन्ने हो । यो अति आवश्यक र महत्वपूर्ण कानून हो । यसलाई छिटो छिटो भन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ । यसमा सबै मान्यज्युहरु सकारात्मक हुनुहुन्छ । यसै सन्दर्भमा मिल्छ की सरकारले अर्को ल्याउनुपर्छ, ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि एउटा धारणा आओस् ।’

सभापति खतिवडाले ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?