Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्लाष्टिक प्रदुषण अन्त्य गर्ने चेतनामुलक चित्रकला प्रदर्शनी (फोटो फिचर)


काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरु केन्द्रित छन् । विश्व ताममान वृद्धि हुँदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्र मार्फत देखाइएको छ ।

प्रदर्शनीको मुख्य आकर्षक बनेको छ हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याक सहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको छ । जहाँ हिमाली क्षेत्रमा हिमाल आरोहीले फालेका प्लाष्टिकले याक सहित हिमाली क्षेत्रमा पारेको असर देखाइएको थियो ।

त्यसैगरी मानव स्वास्थ्यमा प्लाष्टिकले पारेको प्रभाव, विश्व तापमान बढ्दै जाँदा हिमालहरुमा परेको असर लगायत प्रभाव झल्किने तस्बिरहरु पनि प्रर्र्दशनीमा राखिएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?