Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

टर्किएद्वारा पूर्वी सीमाबाट १.८ टनभन्दा बढी मेथाम्फेटामाइन बरामद


एजेन्सी। टर्किएले आग्री प्रान्तको पूर्वी सीमा क्रसमा तस्करी विरोधी अभियानको क्रममा ५.६ अर्ब टर्किस लिरा (लगभग १४२.९ मिलियन अमेरिकी डलर) मूल्यको १ हजार ८ सय ७० किलोग्राम मेथाम्फेटामाइन बरामद गरेको व्यापार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २०२५ मा लागुऔषध जफतमा तिब्र वृद्धि भएको रिपोर्ट गरेको छ । जुनसम्म १९.९ अर्ब टर्किस लिरा (लगभग ५०७.५ मिलियन डलर) मूल्यको कुल १७.१ टन लागुऔषध जफत गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २३४ प्रतिशतले वृद्धि हो ।

एशिया र युरोपको चौबाटोमा फैलिएको टर्किए लागुऔषध तस्करीको लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?