कालो बेसारको उत्त्पति बीच भारत भएको हो । अहिले विश्व भरी फैलिएको पाइन्छ, यो ज़िन्ज़िबेरी फेमिली अन्तर्गत पर्दछ । monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia)जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर, अथवा Agro- Foresrty को principle प्रयोग गरेर उत्तपदन बढाउन सकिन्छ जसरि बेसारको खेति गरिन्छ त्यसरी नै यसको खेति गर्न सकिन्छ। तर, अलि ओसिलो ठाउँ चाहिंन्छ कतै कतै नेपाली बन जंगलहरुमा पायन्छ तर यसको संरक्षण तथा खेति गरेको भने पायएको छेन तेसैले दिनप्रतिदिन लोप हुदै गैरेको छ र लोपन्मुख हुने बोटबिरुवाको सुचीमा अग्रपंतिमा परेको छ ।
-किन कालो बेसार नाम रहन गयो
यस बिरुवाको कोषहरु कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनीएको हो । एक बोटमा १०-२० ओटा पातहरु हुन्छन बैजनी रातो रेखाहरु पातको लेमिना संगै आउछ र पातको माथिल्लो भाग अलि खस्रो हुन्छ फुलको पुष्पदल गुलाबी अथवा रातो रंगको हुन्छ, फुल १५-२० सि.म लामो dense spike आउछ हल्का पहेलो साना- साना फूलहरुमा रातो घेरा हुन्छ । सामान्य यसको गानो २-६ सी.मि लम्बाई हुन्छ ,भित्र हरियो अथवा मसि जस्तो रंगको हुन्छ ।
काली बेसारमा ३० खाले महत्वपूर्ण तत्वहरु पाईन्न्छ ।
· कम्फ्होर(Camphor): 28.3%
· ओसिमिन(Ocimene): 8.2%
· टुमेरोन(Turmeron):12.3%
· ब्रोनेओल(Borneol): 4.4%
· कुर्मिन (Curmen): 2.82%
· आर-कुर्मिन (Ar-curcumn):6.8%
-कालो बेसारको महत्व
डन्डीफोर,घाउ,चिलाउने,रोगहरुलाई यसको paste लगाई सन्चो हुन्छ । २-४ थोपा झोल नाकमा राक्दा migran रोग सन्चो हुन्छ । निरसन्तान,महिनाबार गणबढीको लागि चम्चाभरी कालोबेसारको धुलो र एक चम्चा मह सित खादा अथवा चियामा मिसाएर खादा सन्चो हुन्छ । Gastric को समस्या भएमा भखर खनेको फ्रेश गानो चपाउदा ठिक हुन्छ ।piles, लेप्रोसी,ज्वरो,खटिरा, दम,दात दुखेको, फोक्सोको आदि इत्यादि समस्याहरु सन्चो हुन्छ । Anti-Fungal, Anti- bacterial ,Anti- Convulsant, Aaalgesic activity यसका सुकेका पातहरु आगोको रुपमा प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मिति: १२ असार २०८१, बुधबार