Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विद्वान् देखिन कुनै जटिल शब्द प्रयोग गर्नु पर्दैन


-ए. पोख्रेल

विद्वान् देखिन कुनै जटिल शब्द र वाक्यको प्रयोग गर्नु पर्दैन । साधारण शब्द चयनबाट हुन्छ । जस्तै गतिलो उदाहरण “रजनीश ओशो” हुन् ।

१. ओशोले प्रयोग गर्ने शब्द, वाक्य र भाषाको प्रयोगमा कुनै जटिलता हुँदैन । तर उनले भनेको कुरा सबैले बुझिने गरी लेख्छन् र बोल्छन् ।
उनले लेखेको वा बोलेको विषय वस्तु कसैलाई बुझ्न गार्हो भएको होला भन्ने अनुमान पनि गर्न सकिँदैन । भाषा मात्रै जानेका निरक्षर देखि ठूला डिग्री धारीहरुले एकै पटक बुझ्ने शब्द र वाक्यको प्रयोग गरेको देखिन्छ।
के त्यसो भए ओशो आफ्नो समयका विद्वान होइनन् ?
के ओशोले दशौं हजार किताब पढेका थिएनन् ?
के ओशोले नयाँ प्रकारको छाप मानिसहरूमा पार्न सकेनन् ?
के ओशोले जटिल शब्द चयन गरी लेख्न र बोल्न नसक्ने थिए ?
२. बिल्कुल होइन, बरु मानिस जति विद्वान हुँदै जान्छ, त्यति सरल शब्द, लबज र वाक्यहरुको प्रयोग गर्दै जान्छन् ।
३. जटिल शब्दको प्रयोग गरेर आफूलाई ठूलो विद्वान देखाउने भ्रममा नपरौं र त्यो गर्नेलाई विद्वान रहेछ भनेर बुझ्न छोडौ ।

अस्तु।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?