Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

विद्वान् देखिन कुनै जटिल शब्द प्रयोग गर्नु पर्दैन


-ए. पोख्रेल

विद्वान् देखिन कुनै जटिल शब्द र वाक्यको प्रयोग गर्नु पर्दैन । साधारण शब्द चयनबाट हुन्छ । जस्तै गतिलो उदाहरण “रजनीश ओशो” हुन् ।

१. ओशोले प्रयोग गर्ने शब्द, वाक्य र भाषाको प्रयोगमा कुनै जटिलता हुँदैन । तर उनले भनेको कुरा सबैले बुझिने गरी लेख्छन् र बोल्छन् ।
उनले लेखेको वा बोलेको विषय वस्तु कसैलाई बुझ्न गार्हो भएको होला भन्ने अनुमान पनि गर्न सकिँदैन । भाषा मात्रै जानेका निरक्षर देखि ठूला डिग्री धारीहरुले एकै पटक बुझ्ने शब्द र वाक्यको प्रयोग गरेको देखिन्छ।
के त्यसो भए ओशो आफ्नो समयका विद्वान होइनन् ?
के ओशोले दशौं हजार किताब पढेका थिएनन् ?
के ओशोले नयाँ प्रकारको छाप मानिसहरूमा पार्न सकेनन् ?
के ओशोले जटिल शब्द चयन गरी लेख्न र बोल्न नसक्ने थिए ?
२. बिल्कुल होइन, बरु मानिस जति विद्वान हुँदै जान्छ, त्यति सरल शब्द, लबज र वाक्यहरुको प्रयोग गर्दै जान्छन् ।
३. जटिल शब्दको प्रयोग गरेर आफूलाई ठूलो विद्वान देखाउने भ्रममा नपरौं र त्यो गर्नेलाई विद्वान रहेछ भनेर बुझ्न छोडौ ।

अस्तु।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?