Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

अहिलेको समीकरण मिशन–८४ सम्म कायम रहन्छः शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन–८४ सम्म कायम राख्ने बताउनु भएको छ । नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताउनु भएको हो । ‘अहिलेको समीकरण मिशन–८४ सम्म कायम राख्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिशन–८४ मा त्यस्लाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिशन–८४ सम्म लिएर जान चाहन्छौँ ।’

एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्युहलाई तोडेको स्मरण गराउनुभयो । ‘नेकपा (एमाले)लाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने र कसैको साहारा अनि वैशाखी विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामी आजको सोचिरहेका छैनौँ । भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौँ ।’

उहाँले छोरा र छोरीका विचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्न भन्ने सोँचबाट माथि उठ्नुपर्ने पनि उल्लेख गर्नुभयो । ‘छोरा र छोरीका विचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्न भन्ने साँस्कृतिक मनोदशा हाम्रो पारिवारिक ढाँचामा छ,’ उहाँले भन्नुभयो, ‘आमाहरु र बाबाहरुमा पनि उत्तिकै छ । समाजलाई समानतातर्फ लैजाने हो भने बैतर्नी तार्ने सामथ्र्य छोराहरुमा मात्रै होइन छोरीहरुमा पनि छ भन्ने सन्देश बोकेर आमाहरु र बाबाहरुले पनि बोकेर जानसक्नुपर्छ । त्यसपछि मात्रै हामीले चाहेको समानताको अधिकार तयार हुन्छ ।’

कार्यक्रममामा जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको शसक्तिकरणको पक्षमा महिलाहरुसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं उपत्यका लगतयत देशभरका अव्यवस्थित रुपमा बाससोवास गरेका वसोवासीको बस्तीहरुमा भैरहेको डोजर आतंक बन्द गर्नुपर्नेलगयतका विभिन्न प्रस्ताव पारित गरिएको थियो । भेलाको दोस्रो दिन अर्थात आज १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल भएको थियो ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?