Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

टुँडिखेलमा ६ गतेदेखि दोस्रो चरणमा, १५ दिन अवधिका तालिम सुरु : १ हजार १३५ जनाको कोटा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ । वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी हुनुभएको छ । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जनालाई कार्यक्रममा सहभागी गराइयो । दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।

टुँडिखेलमा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, तालिमबाट सिकेको सिपबाट स्वरोजगार बन्न प्रेरित गर्नुभयो । ‘आफैँ व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्नुमा जत्तिको सुख अन्यत्र कतै हुँदैन । त्यसैले स्वरोजगार बन्नोस् । यसका लागि हामीले गर्नु पर्ने केही सहयोग भए तयार छौँ ।’ के. सी. ले भन्नुभयो, ‘तालिमबाट सिकेको सिपबाट तपाईँले आय गर्न थालेपछि हामीले देखेको सपना पूरा हुनेछ ।’

तालिममा सहभागी हुने प्रशिक्षार्थीको केही सर्त छन् । कार्यक्रममा आयोगका सदस्य झाले भन्नुभयो, ‘९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’ तालिमपछि प्रचलित व्यवस्थाबमोजिम रोजगारी वा अन द जब टे«निङ्मा जान राजी हुनुपर्ने, स्वरोजगार भए विवरण महानगरपालिकामा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

प्रशिक्षार्थीले निःशुल्क प्राप्त गरेको तालिमका लागि सरकार, साझेदार र अन्य कसै न कसैको खर्च भएको छ । यसकारण निःशुल्क त हो नि भनेर खेलाँची गर्नुहुँदैन । सिप मेला निर्देशक समितिका सदस्य सचिव एवं कार्यान्वयन समितिका संयोजक बिमला कोइरालाले भन्नुभयो, ‘अब म केही गर्नु भनेर प्रतिवद्ध हुनुहोस् ।’


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?