Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रकृतिको वरदान तितेपाती


सम्माेद अाचार्य ।जताततै पाइने प्रकृतिको वरदान, खोकी ज्वरोको समेत औषधि तितेपाती । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि हो।

औषधीय रूपमा पनि यो अति नै कामलाग्दो जरिबुटि हो। पात फूल र पुरै बोट उखलेर (पञ्चाङ्ग) औषधि रूपमा प्रयोग गर्न सकिञ्छ। बारीमा छापो हाल्ने चलन पनि छ मलीलो भएकाले। चूर्ण बनाएर राख्ने र प्रयोग गर्ने पनि गर्न सकिन्छ।

लुतो जस्ता छालाका रोग, सञ्चो नहुने घाउखटिरा ,खोकी, ज्वरो, कामला(जण्डिस्) जस्ता कलेजोका समस्या, भोक नलाग्ने, जूका परेको जस्ता समस्यामा एकमुठि पात वा तेति नै जति हुने गरि बोट नै राम्ररी पखालेर पानीमा अलिबेर पकाएर काढा ३-४ चम्चा खाने गर्नाले लाभ हुञ्छ। एस्तो सुलभ वनस्पतिको प्रयोग नवमुकुटाकार विषाणु (कोरोना वाइरस्) को सङ्क्रमण रोक्न र उपचारमा समेत हुन सक्ने कुरा पनि आएको छ।

यो हाम्रो सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, वनस्पति विज्ञान सबै हो तर “कामकुरो एकातिर, कुम्लो बोकि ठिमितिर ” भन्ने उखानसित ठ्याक्कै मिल्ने ई कुरा केही नसिकाउने घोकन्ते र १२ वर्ष “पढाइएको” कुरा पनि राम्ररी नबुझ्ने परीक्षा दिएको एक मैनामा ८०-९०% बिर्सिने जनताको रगत पसिनाबाट उठाएको अरबौं पैसा र जनताका छोराछोरीको समय श्रमको हदैसम्मको दुरुपयोग गर्ने खालको जनता स्वाभिमानी र स्वावलम्बी हुनसक्ने सम्भावना समाप्तजस्तै गरिदिने “आधुनिक शिक्षा” कस्को लागि किन चलाइएको हो र देस किन गरीब र दीनहीन बनेको हो बुझिएन र !


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?