Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

प्रकृतिको वरदान तितेपाती


सम्माेद अाचार्य ।जताततै पाइने प्रकृतिको वरदान, खोकी ज्वरोको समेत औषधि तितेपाती । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि हो।

औषधीय रूपमा पनि यो अति नै कामलाग्दो जरिबुटि हो। पात फूल र पुरै बोट उखलेर (पञ्चाङ्ग) औषधि रूपमा प्रयोग गर्न सकिञ्छ। बारीमा छापो हाल्ने चलन पनि छ मलीलो भएकाले। चूर्ण बनाएर राख्ने र प्रयोग गर्ने पनि गर्न सकिन्छ।

लुतो जस्ता छालाका रोग, सञ्चो नहुने घाउखटिरा ,खोकी, ज्वरो, कामला(जण्डिस्) जस्ता कलेजोका समस्या, भोक नलाग्ने, जूका परेको जस्ता समस्यामा एकमुठि पात वा तेति नै जति हुने गरि बोट नै राम्ररी पखालेर पानीमा अलिबेर पकाएर काढा ३-४ चम्चा खाने गर्नाले लाभ हुञ्छ। एस्तो सुलभ वनस्पतिको प्रयोग नवमुकुटाकार विषाणु (कोरोना वाइरस्) को सङ्क्रमण रोक्न र उपचारमा समेत हुन सक्ने कुरा पनि आएको छ।

यो हाम्रो सामाजिक शिक्षा, स्वास्थ्य शिक्षा, वनस्पति विज्ञान सबै हो तर “कामकुरो एकातिर, कुम्लो बोकि ठिमितिर ” भन्ने उखानसित ठ्याक्कै मिल्ने ई कुरा केही नसिकाउने घोकन्ते र १२ वर्ष “पढाइएको” कुरा पनि राम्ररी नबुझ्ने परीक्षा दिएको एक मैनामा ८०-९०% बिर्सिने जनताको रगत पसिनाबाट उठाएको अरबौं पैसा र जनताका छोराछोरीको समय श्रमको हदैसम्मको दुरुपयोग गर्ने खालको जनता स्वाभिमानी र स्वावलम्बी हुनसक्ने सम्भावना समाप्तजस्तै गरिदिने “आधुनिक शिक्षा” कस्को लागि किन चलाइएको हो र देस किन गरीब र दीनहीन बनेको हो बुझिएन र !


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?