Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन


६ चैत्र ,ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्‌ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा पुग्ने गरी बनाउन निर्देशन दिएका हुन्‌ ।

दुर्गमको विकास पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले आधारभूत आवश्यकता पूरा नभएकै कारण नागरिक बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था सुधार हुने गरी योजना तर्जुमा गर्न निर्देशन दिए।

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो । “प्रदेशको समृद्धिका लागि दुर्गमको विकास पहिलो प्राथमिकतामा राखिनेछ । यहाँ जिल्लामा योजना तर्जुमा गर्दा बढीभन्दा बढी नागरिकले लाभ लिने गरी उत्पादनसँग जोडिएका योजना बनाएर प्रदेशमा पठाउनुहोला”, उनले भने, “कृषिको व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । पूर्वाधार निर्माणका कामलाई पनि उत्पादनसँग जोडौँ ।”

देश विकासका लागि आर्थिक विकासको लक्ष्य हासिल गर्ने गरी कर्मचारी संयन्त्रले काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । देशमा राजनीतिक स्थायित्व नभएकाले सरकारहरू अस्थिर भए पनि कर्मचारी संयन्त्रले जिम्मेवारपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला जिल्लामा पुगेर आफैँले आवश्यकता पहिचान गरेकाले आगामी वर्ष प्रदेशको बजेट नागरिकको मागमा केन्द्रित ल्याउने उनले बताए । मुख्यमन्त्री कार्कीले प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई अख्तियार दुरुपयोगको सवालमा निष्पक्ष भएर काम गर्न र विकास निर्माणका आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले कार्यालयहरूको प्रगति र प्राथमिकताबारे मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । बजेट अभावका कारण योजनाहरू अघि बढाउन समस्या भएको कर्मचारीहरूले जानकारी गराएपछि मुख्यमन्त्री कार्कीले थालिएका योजना बजेट अभावका कारण अधुरो छाड्न नमिल्ने बताए ।

प्रदेश सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न बजेट व्यवस्था गर्ने उनको भनाइ थियो । ओखलढुङ्गामा तीन दिन बसेर आठवटा योजनाको शिलान्यास, हस्तान्तरण र उद्घाटन गरेर मुख्यमन्त्री कार्की विराटनगर फर्केका छन्‌।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?