Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वास्थ्यका सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’


६ चैत्र ,बलेवा । स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ ।

कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख प्रवीण शर्माले बताएका छन्‌ । “हाम्रो बुलेटिन सामान्य खर्चमा प्रकाशन हुन्छ, ई–बुलेटिन भएकाले कार्यालयको फेसबुक पेज र वेबसाइटमार्फत सबैको बीचमा पुर्याएका छौँ”, शर्माले भने, “कार्यालयको सूचना बोर्डमा एक प्रति टाँस गरेर कार्यालय आउनेका लागि जानकारी गराउने गरिएको छ ।”

बुलेटिनमा हरेक महिना स्वास्थ्य कार्यालयले सञ्चालन गरेका गतिविधि तथा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्यका मुख्य कार्यक्रमका बारेमा जानकारी समावेश गरिने शर्माले बताए ।

स्वास्थ्यका हरेक जानकारीहरु बुलेटिनमा समावेश हुने भएकाले सबैका लागि प्रभावकारी बन्ने कार्यालयका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बताए । आगामी महिनाको कार्ययोजनासमेत उल्लेख गरिने भएकाले सेवा लिन चाहने सर्वसाधारणका लागि पूर्वसूचनामा बुलेटिन महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

“कार्यालयले के काम गर्यो र अब के गर्दैछ भन्ने सम्पूर्ण जानकारी समावेश हुँदा बुझ्न र सेवा लिन/दिन सहज हुन्छ”, उनले भने, “स्थानीय तहले कार्ययोजना बनाउनसमेत बुलेटिनले सहयोग गर्छ ।”

सूचनामूलक बुलेटिन मासिक रुपमा अनिवार्य प्रकाशन गरिने कार्यालयले जनाएको छ । बुलेटिनलाई आगामी दिनमा परिष्कृत गर्दै लैजाने शर्माको भनाइ छ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?