Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

स्वास्थ्यका सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’


६ चैत्र ,बलेवा । स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ ।

कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख प्रवीण शर्माले बताएका छन्‌ । “हाम्रो बुलेटिन सामान्य खर्चमा प्रकाशन हुन्छ, ई–बुलेटिन भएकाले कार्यालयको फेसबुक पेज र वेबसाइटमार्फत सबैको बीचमा पुर्याएका छौँ”, शर्माले भने, “कार्यालयको सूचना बोर्डमा एक प्रति टाँस गरेर कार्यालय आउनेका लागि जानकारी गराउने गरिएको छ ।”

बुलेटिनमा हरेक महिना स्वास्थ्य कार्यालयले सञ्चालन गरेका गतिविधि तथा स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्यका मुख्य कार्यक्रमका बारेमा जानकारी समावेश गरिने शर्माले बताए ।

स्वास्थ्यका हरेक जानकारीहरु बुलेटिनमा समावेश हुने भएकाले सबैका लागि प्रभावकारी बन्ने कार्यालयका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बताए । आगामी महिनाको कार्ययोजनासमेत उल्लेख गरिने भएकाले सेवा लिन चाहने सर्वसाधारणका लागि पूर्वसूचनामा बुलेटिन महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

“कार्यालयले के काम गर्यो र अब के गर्दैछ भन्ने सम्पूर्ण जानकारी समावेश हुँदा बुझ्न र सेवा लिन/दिन सहज हुन्छ”, उनले भने, “स्थानीय तहले कार्ययोजना बनाउनसमेत बुलेटिनले सहयोग गर्छ ।”

सूचनामूलक बुलेटिन मासिक रुपमा अनिवार्य प्रकाशन गरिने कार्यालयले जनाएको छ । बुलेटिनलाई आगामी दिनमा परिष्कृत गर्दै लैजाने शर्माको भनाइ छ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?