Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

के गुगलले सुन्छ तपाईकाे गोप्य कुरा ?


मानौं कुनै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आफ्नो साथीसँग नयाँ कार खरिद गर्ने विषयमा कुराकानी गरेको हुन्छ । अनौठो त के भने अर्को दिन उसको स्मार्टफोनमा इन्टरनेट ब्राउजर तथा फेसबुकमा पनि गाडीहरूका विज्ञापन धेरै देखिन थाल्दछन् ।

यस प्रकारका आशंका र आरोप प्रविधि कम्पनीहरूमाथि धेरै पटक लाग्ने गरेका छन् । सन् २०१६ मा बीबीसीका संवाददाता जो क्लेनम्यानले त्यस्तैखाले घटना भोगको दाबी गरेका थिए ।कसरी आफूले आफ्नो एकजना साथी कार दुर्घटनामा मारिएको कुरा गरेको र लगत्तै त्यस बारेमा विस्तृत जानकारीहरू आफ्नो मोबाइलको गुगलमा पनि देखिएको उनले उल्लेख गरेका थिए ।

हुनत यस्ता खालका घटनाहरू धेरै हुने गरेका छन् । हरेक दिन कोही न कोही प्रयोगकर्ताहरूले यस्तो अनुभव गर्ने गरेका छन् । त्यसैले गुगलले आफ्ना कुराहरू सुनिरहेको उनीहरूको गुनासो हुन्छ । आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्तवमै हाम्रा कुराहरू सुनिरहेको हुन्छ ? रहस्मै छ ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?