Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

के गुगलले सुन्छ तपाईकाे गोप्य कुरा ?


मानौं कुनै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आफ्नो साथीसँग नयाँ कार खरिद गर्ने विषयमा कुराकानी गरेको हुन्छ । अनौठो त के भने अर्को दिन उसको स्मार्टफोनमा इन्टरनेट ब्राउजर तथा फेसबुकमा पनि गाडीहरूका विज्ञापन धेरै देखिन थाल्दछन् ।

यस प्रकारका आशंका र आरोप प्रविधि कम्पनीहरूमाथि धेरै पटक लाग्ने गरेका छन् । सन् २०१६ मा बीबीसीका संवाददाता जो क्लेनम्यानले त्यस्तैखाले घटना भोगको दाबी गरेका थिए ।कसरी आफूले आफ्नो एकजना साथी कार दुर्घटनामा मारिएको कुरा गरेको र लगत्तै त्यस बारेमा विस्तृत जानकारीहरू आफ्नो मोबाइलको गुगलमा पनि देखिएको उनले उल्लेख गरेका थिए ।

हुनत यस्ता खालका घटनाहरू धेरै हुने गरेका छन् । हरेक दिन कोही न कोही प्रयोगकर्ताहरूले यस्तो अनुभव गर्ने गरेका छन् । त्यसैले गुगलले आफ्ना कुराहरू सुनिरहेको उनीहरूको गुनासो हुन्छ । आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्तवमै हाम्रा कुराहरू सुनिरहेको हुन्छ ? रहस्मै छ ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?