Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल


४ चैत्र ,मलेखु । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्‌ । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भने, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।”

उनले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उनको भनाइ छ । ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे । “बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्”, उनले भने, “सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासङ्घ र बागमती सरकार मिलेर उत्पादन तथ्याङ्क आवश्यक रहेको उनको भनाइ छ । सांसद डिपी अर्यालले सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक सङ्कट आइपरेको बताएका छन्‌। पूर्व श्रममन्त्रीसमेत रहनुभएका सांसद अर्यालले भने, “म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।”

सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति परिपक्क नभएकाले समस्या आइपरेको बताए । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले भोट हाल्नकै लागि रातारात सदस्यता दिने र बनाउने प्रवृत्तिले धादिङ उद्योग वाणिज्य सङ्घ कमजोर बन्दै गरेको सङ्केत गरे । नेपाली कांग्रेसका नेता एवं ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमलाले बैंकरहरू आफैँ उद्योगपति बन्ने प्रवृत्ति बढेकाले उद्योगीहरू सङ्कटमा परेको बताए।

नीति र बोलीमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवृत्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनले बताए । “व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योगधन्दा फस्टाउन नसकेको हो”, धमलाले भने, “बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ । तर बैंकहरूले बढाएको ब्याजदरकै कारण त्यो सम्भव छैन ।” बैंकहरूले मुद्दतिको ब्याजदर घटाएर कर्जाको ब्याजदर नघटाए देशमा सञ्चालित उद्योग कारखानासमेत बन्द हुने र देशमा चरम आर्थिक सङ्कट आइपर्ने जिकिर गरे ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?