Trending
>>   पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे विधान महाधिवेशनमा छलफल गर्न हुँदैनः शंकर पोखरेल >>   बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ >>   जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग >>   सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल >>   मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया >>   वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप >>   ‘निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउँदै सरकार’ >>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु
Logo
१७ भाद्र २०८२, बुधबार
१७ भाद्र २०८२, बुधबार

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल


४ चैत्र ,मलेखु । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्‌ । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भने, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।”

उनले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उनको भनाइ छ । ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे । “बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्”, उनले भने, “सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासङ्घ र बागमती सरकार मिलेर उत्पादन तथ्याङ्क आवश्यक रहेको उनको भनाइ छ । सांसद डिपी अर्यालले सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक सङ्कट आइपरेको बताएका छन्‌। पूर्व श्रममन्त्रीसमेत रहनुभएका सांसद अर्यालले भने, “म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।”

सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति परिपक्क नभएकाले समस्या आइपरेको बताए । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले भोट हाल्नकै लागि रातारात सदस्यता दिने र बनाउने प्रवृत्तिले धादिङ उद्योग वाणिज्य सङ्घ कमजोर बन्दै गरेको सङ्केत गरे । नेपाली कांग्रेसका नेता एवं ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमलाले बैंकरहरू आफैँ उद्योगपति बन्ने प्रवृत्ति बढेकाले उद्योगीहरू सङ्कटमा परेको बताए।

नीति र बोलीमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवृत्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनले बताए । “व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योगधन्दा फस्टाउन नसकेको हो”, धमलाले भने, “बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ । तर बैंकहरूले बढाएको ब्याजदरकै कारण त्यो सम्भव छैन ।” बैंकहरूले मुद्दतिको ब्याजदर घटाएर कर्जाको ब्याजदर नघटाए देशमा सञ्चालित उद्योग कारखानासमेत बन्द हुने र देशमा चरम आर्थिक सङ्कट आइपर्ने जिकिर गरे ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?