Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क सङ्कलन


भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन सुरुआत गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क सङ्कलन थालनी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । कार्यक्रम स्थानीय तहको माग, आवश्यकताबमोजिम स्थानीय तहमार्फत सञ्चालन हुनेछ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन हुन लागेको नेपालीले बताउनुभयो । “महानगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेकाछौँ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत पुस २२ गतेभित्र तथ्याङ्क सङ्कलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ ।”

उहाँका अनुसार वैदेशिक रोजगारबाट फर्केका इच्छुक व्यक्तिले नागरिकता र राहदानीको फोटोकपीसहित निर्देशिकाले तोकेको ढाँचामा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्नेछ । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?