Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’


३० फागुन ,काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसकेकि छन्‌ ।

आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टाअघिदेखि अर्थात आज राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुनेछ । राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था रहेको उक्त पद कुनै व्यक्ति विशेषका लागि खडा गरिएको नभई देशको स्थिति र अवस्थालाई मध्यनजर राखेर बनाइएको महत्त्वपूर्ण पद मानिन्छ ।

राजनीतिक दलले त्यसलाई उपयोग गर्न नजानेर अनेक खालको टीप्काटिप्पणी हुँदैआएको उपराष्ट्रपतिका उम्मेदवारले प्रतिक्रिया दिएका छन्‌ ।

संविधानको सर्वाेच्चतालाई कायम राख्छु– शाक्य यसैबीच, उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वाेच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताइन् ।उनले भनिन्‌, “म विजयी भएको खण्डमा पदको गरिमालाई कायम राख्दै सबैलाई अपनत्व प्रदान गर्ने भूमिकाका लागि कोसिस गर्नेछु । मतदातासमक्ष यसैका लागि आशा भरोसा राखेर मत मागेको छु, मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।”

संविधान पालनाका लागि मेरो उम्मेदवारी हो– यादव उपराष्ट्रपतिकै उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले नेपालको संविधानको पालना र रक्षाका लागि आफनो उम्मेवारी भएको प्रतिक्रिया दिए । उनले भने, “निर्वाचित भएको खण्डमा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, संविधान र कानूनको कार्यान्वयनमार्फत मुलुकलाई शान्ति र समृद्ध तुल्याउने कार्यमा मेरो भूमिका रहनेछ ।”

दुवै उम्मेदवारले राजनीतिक दल, तिनका संसदीय दलका नेता तथा मतदातालाई प्रत्यक्ष भेटेर तथा टेलिफोन सम्पर्क गरी आ–आफ्नो पक्षमा मतदान गर्न र त्यसका लागि वातावरण बनाउन आग्रह गरिरहेका छन्‌ ।

निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारलाई मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न सुझाव दिएको छ । मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई अमूल्य मतदान गर्न निर्वाचकमण्डलका सदस्यलाई आयोगले अनुरोध पनि गरेको छ ।

 


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?