Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री कप: आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशबीच खेल हुँदै छ ।

उक्त प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । दुवै खेल बिहान सवा ९ बजेबाट हुनेछन् ।  त्यस्तै, अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ ।

पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित मैदानमा हुनेछ ।पुलिसले ७ खेलमा १४ अंक बटुलेको छ भने लुम्बिनीले ८ खेलमा १ जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?