Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन, हाजिर हुन ताकेता


काठमाडौं। नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् भने सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् । त्यस्तै, सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।

गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । उक्त अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?