Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक


काठमाडौं। मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो ।

त्यस्तै, अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्याङ्क र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाख बराबरको आर्थिक हानि, नोक्सानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

उक्त बाढीले प्रत्यक्ष हानी नोक्सानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययन देखाएको छ भने गैर आर्थिक हानी नोक्सानी तथ्याङ्क यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ भने प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताएका छन् ।

उनले भने, ‘हामीले आर्थिक रूपमा एक घर बराबर लगभग ७० लाख रुपैयाँ औसतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ । यो भन्दा अगाडि हामीले जुन सूचनाहरू सङ्कलन गरेका थियौँ नगरपालिकाबाट । त्यो नगरपालिकाको तथ्यांकअनुसार अहिले दुई वटा नगरपालिकामा गरेर करिब ६५ अर्व रुपैयाँ आर्थिक क्षति भएको भनेर आङ्कलन गर्नुभएको छ । त्यो ग्यापलाई कम गर्ने जमर्को गरेको छ । अर्को महत्त्वपूर्ण पक्ष जुन नगदमा मूल्याङ्कन गर्न सकिँदैन । जसलाई हामी गैर आर्थिक क्षति तथा नोक्सानी भन्छौँ । त्यसमा मानसिक समस्याहरू हुने, संस्कृति र पर्यटन सम्बन्धी क्षति हुने । र मान्छेको जीवनमा प्रत्यक्ष असर पार्ने कुराहरू पनि हामीले यसमा ल्याउने जमर्को गरेका छौ । जसमा एउटा सानो तथ्याङ्क भन्नुपर्दा चाहिँ हामीले सोधिएका मध्ये ८५ प्रतिशत भन्दा बढिले गैर आर्थिक क्षतिबाट गुज्रनुपरेको भन्ने उहाँहरूले आफ्नो धारणा राखेका थिए ।’

उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरूले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताए । उनले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपुर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको पनि बताए । मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिएका छन् ।

त्यसैगरी, वातावरणविद् प्रवीणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । उनले नेपाल सरकारले उपलब्ध गराएको तथ्याङ्क र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताए । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

त्यस्तै, मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्सानी बारे पहिलो पटक वृहत् अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ । जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीको तथ्याङ्क सङ्कलन गरेको हो ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?