Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

भारतीय गायक हनी सिंह काठमाडौँ आउँदै


काठमाडौँ- भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते ( अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् ।
युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।
‘साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने,’ प्रि बुकिङका लागि सम्पूर्ण टिकट इ-सेवाबाट प्राप्त गर्न सकिन्छ ।‘
सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिने श्रेष्ठले जानकारी दिए ।
युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । ‘ नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने ।
सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् ।
सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन् । सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन् ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?