Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रकृति र संस्कृति झल्किने चित्रकला


काठमाडौं। काठमाडौंको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौंको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।

काठमाडौं आर्ट बिनालेका संयोजक जेनिशा महर्जनले पेन्टिङ, धातुका मूर्ति, काठका मूर्ति पनि प्रदर्शन गरिएको जानकारी दिएकी छन् । उनले मूर्त, अमूर्त चित्रकारिता र धातु कलालगायत विभिन्न विधाका सिर्जना उक्त प्रदर्शनीका विशेषता रहेको बताएकी छन् ।

त्यस्तै, चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेकी काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका कथाहरुलाई एउटै पानामा विस्तृतरुपमा उतार्नसक्ने नेपाली चित्रकारिताको प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, “नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन् । तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ ।”

उपप्रमुख डङ्गोलले चित्रकला प्रदर्शनीले काठमाडौं का पौराणिक एवं ऐतिहासिक कला, संस्कृतिबारे जानकारी दिने बताइन् । उनले भनिन्, “प्रकृति, समाज र संस्कृतिको सुक्ष्म र विस्तृत कथा नै नेपाली चित्रकलाको विशेषता हो । यस प्रदर्शनीले हाम्रो पहिचान, कला, संस्कृतिलाई चिनाउन मद्दत गर्नेछ ।”

आजदेखि काठमाडौंको ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी विसं २०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?