Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रकृति र संस्कृति झल्किने चित्रकला


काठमाडौं। काठमाडौंको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौंको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।

काठमाडौं आर्ट बिनालेका संयोजक जेनिशा महर्जनले पेन्टिङ, धातुका मूर्ति, काठका मूर्ति पनि प्रदर्शन गरिएको जानकारी दिएकी छन् । उनले मूर्त, अमूर्त चित्रकारिता र धातु कलालगायत विभिन्न विधाका सिर्जना उक्त प्रदर्शनीका विशेषता रहेको बताएकी छन् ।

त्यस्तै, चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेकी काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका कथाहरुलाई एउटै पानामा विस्तृतरुपमा उतार्नसक्ने नेपाली चित्रकारिताको प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, “नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन् । तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ ।”

उपप्रमुख डङ्गोलले चित्रकला प्रदर्शनीले काठमाडौं का पौराणिक एवं ऐतिहासिक कला, संस्कृतिबारे जानकारी दिने बताइन् । उनले भनिन्, “प्रकृति, समाज र संस्कृतिको सुक्ष्म र विस्तृत कथा नै नेपाली चित्रकलाको विशेषता हो । यस प्रदर्शनीले हाम्रो पहिचान, कला, संस्कृतिलाई चिनाउन मद्दत गर्नेछ ।”

आजदेखि काठमाडौंको ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी विसं २०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?