Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

एक वर्षमा सांसदहरुले लिए झण्डै २५ लाख उपचार खर्चः जनही ५ सय रुपैयाँदेखि १० लाखसम्म


काठमाडौं। प्रतिनिधिसभाको एक वर्षको अवधिमा सांसदहरुले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएका छन् । अघिल्लो वर्षको पुसदेखि यो वर्षको पुससम्म ४२ जना सांसदले संघीय संसद सचिवालयबाट सो परिमाणको उपचार खर्च बुझेका हुन् ।

केही सांसदले ५ पटकसम्म उपचार खर्च बुझेका छन् । त्यसैगरी, उपचार खर्च लिनेमा सबैभन्दा धेरै विना कुमारी थनैतले ९ लाख ९९ हजार ४८७ रुपैयाँ लिएकी छन् भने सबैभन्दा धेरै पटक अस्मा कुमारी चौधरीले ५ पटक गरेर ५६ हजार ८६२ रुपैयाँ उपचार खर्च लिएकी छन् । त्यस्तै अर्का सांसद रणेन्द्र बरालीले ४ पटक उपचार खर्च लिएका छन् । उनले २९ हजार ५१६ रुपैयाँ लिएका छन् ।

सांसद उर्मिला थेवेले ३ पटक गरी ३२ हजार ५५५ रुपैयाँ, रुक्मिणी राना बराइलीदले दुई पटक गरी ४२ हजार ५५५ रुपैयाँ उपचार खर्च लिएकी छिन् भने सांसद अम्बर बहादुर थापाले २ पटक गरी ५१ हजार ९ सय रुपैयाँ उपचार खर्च लिएका छन् । सांसद रणकुमारी बलम्पाकी मगरले २ पटक गरी १४ हजार ९७४ रुपैयाँ लिएकी छन् भने मञ्जु शर्मा अन्सारीले २ पटक गरी १८ हजार १४९ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

उपचार खर्च लिनेमा रास्वपा सांसद असिम शाहदेखि जनमोर्चा सांसद चित्रबहादुर केसीसम्म

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका सांसदले उपचार खर्च बुझेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका असिम शाहले ४ हजार ९४२ रुपैयाँ उपचार खर्च लिएका छन् भने नेकपा एमालेका संसदीय दलका सचेतक महेश कुमार बर्तौलाले ८ हजार २४५ रुपैयाँ उपचार खर्च लिएका छन् ।

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले ३४ हजार ८ सय ९२ रुपैयाँ उपचार खर्च लिएकी छन् भने सांसद रेखा यादवले २ हजार १०५ रुपैयाँ लिएकी छन् ।माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले ३९ हजार १४५ रुपैैयाँ, नेपाली कांग्रेसका सांसद मनोरमा शेरचनले ३ लाख ४८ हजार २०५ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले ४ हजार १८० रुपैयाँ, राप्रपा सांसद रोशन कार्कीले ३० हजार १४७ रुपैयाँ, एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले २६ हजार ११४ रुपैयाँ, नेकपा एमालेकी सांसद सम्झना थपलियाले २९ हजार ८९९ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?