Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित


काठमाडौँ। विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमे गर्नुभएको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि  उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको  हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मनाइरहदा प्राप्त यो अवसर नेपालको लागि गौरको विषय हो । नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोश्रो नियमित बैठकवाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठक सम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ ।

विश्व व्यापार सङ्गठन मूलत अन्तराष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन । नेपाललाई विश्वव्यापार सङ्गठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रहि व्यापार र विकाससंग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको  नियुक्तिले नेपाललाई विश्व व्यापार सङ्गठनका सदस्यहरुबीच विचारविमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरुसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मूलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहिकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो ।

विश्वव्यापार सङ्गठनका अन्य निकायहरूमा रहेका अति कम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजिकरण गर्न र अतिकम विकसित मुलुकहरुको समूहबाट स्तरोन्नति हुने चरणमा रहेका मुलुकका निम्ति अनुकूल वातावरण बनाउन गर्न महत्त्वपूर्ण हुनेछ । सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ ।


प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?