Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

यस बर्षको एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने


काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताएका छन् ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उनले भने । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारेका हुन्।

त्यस्तै, शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उनले बताए । उनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकोले एसईई प्रभावित नहुने समेत बताएका छन् ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ ।

अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?