Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

अवरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु


काठमाडौं। जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताएबका छन् ।

त्थस्तै, आन्दोलनरत जग्गाधनीलाई सिंहदरबार बोलाएर मन्त्री ज्वालाले छलफल गरेका थिए । पूर्वसांसद भूमि त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो भने सुरुङ मार्गको धादिङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो ।

नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए । उक्त सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वामित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको हो ।

स्थानीयबासीले अवरोध गरेपछि सुरुङ भित्रको कंक्रिट लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?