Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘महसुल उठाउनुको विकल्प प्राधिकरणसँग छैन, नतिर्ने उद्योगहरूको लाइन काटिन्छ’


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा लिएकाहरूले विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा घिसिङले २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रङ्क लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत् उपभोग गरेको बताउँदै त्यो बेला लिएको विद्युतको महसुल तिर्नैपर्ने उनले बताएका छन् ।

त्यस्तै, अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् लिएकाहरूसँग महसुल उठाउनुको विकल्प प्राधिकरणसँग पनि नरहेको घिसिङले स्पष्ट पारेका हुन् । विगतमा कोभिडको र अन्य कारण देखाएर विद्युत् महसुल नतिर्ने उद्योगको विद्युत् लाइन नकाटिएको तर अब भने प्राधिकरणसँग महसुल उठाउनुको विकल्प नभएको र महसुल नतिरून्जेलसम्म लाइन काटिने पनि बताए ।

‘सबै निकाय र अख्तियारले पनि सुझावको रूपमा महसुल उठाउन लेखेर दिएको छ । अब विद्युत् प्राधिकरणलाई महसुल उठाउने बाहेक विकल्प छैन, हामी उठाउँछौँ, ’उनले भने । विद्युत् नियमन आयोगबाट पनि चिठी लेखेर महसुल उठाउन भनेको घिसिङले जानकारी दिएका छन् ।

विद्युत् सबस्टेसनबाट सिधै उद्योगमा पठाएको डेडिकेटेड लाइन र एउटा सबस्टेसनबाट अर्को सबस्टेसन जाने लाइनको बीचबाट उद्योगलाई दिइएको ट्रङ्क लाइनको विद्युत् उपभोगको महसुल तिराउनका लागि प्राधिकरणले २०७६ सालमा नै पहल लिएको घिसिङको भनाइ रहेको थियो । त्यतिबेला काठमाडौंलगायतका सहरका अस्पताललगायतका क्षेत्रमा पनि लोडसेडिङको अवस्थामा राख्दा पनि उद्योगलाई डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् दिइएको उनले उल्लेख गरे ।

त्यस्तै, डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् लिने २ सय ३९ उद्योग तथा ग्राहकमध्ये १ सय ७८ वटाले महसुल तिरेको तर ६१ उद्योगीले भने महसुल नतिरेको घिसिङले जानकारी दिए । त्यसरी बिल नतिर्ने उद्योगीहरू अदालत पनि गएको तर महसुल नउठाउनु भनेर अदालतबाट आदेश नआएको घिसिङले बताए ।

उनले विद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न लागिएको पनि बताएका छन् भने पछिल्लो २ हप्तामा २४ उद्योगको लाइन काटिएको समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?