Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता


काठमाडौं। सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन् । उक्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

उक्त भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता नेपाल र आयरल्याण्डका साझा प्रतिबद्धताहरु रहेको उल्लेख गरेका छन् । आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीयमैत्री समूह गठन भएकोमा खुशी व्यक्त गर्दै सभामुख घिमिरेले आगामी दिनमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास रहेको बताए ।

त्यस्तै, उनले युरोपेली सङ्घको एक महत्त्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली सङ्घमार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्न सहयोग गर्न अनुरोध समेत गरे । उक्त भेटमा आयरल्याण्डका अध्यक्ष जेरी बट्टिमरले सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको जानकारी दिएका थिए ।

त्यस्तै, उनले नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताउँदै नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरू उदाहरणीय रहेको भन्दै प्रशंसा समेत गरेका थिए ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?