Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता


काठमाडौं। सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन् । उक्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

उक्त भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता नेपाल र आयरल्याण्डका साझा प्रतिबद्धताहरु रहेको उल्लेख गरेका छन् । आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीयमैत्री समूह गठन भएकोमा खुशी व्यक्त गर्दै सभामुख घिमिरेले आगामी दिनमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास रहेको बताए ।

त्यस्तै, उनले युरोपेली सङ्घको एक महत्त्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली सङ्घमार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्न सहयोग गर्न अनुरोध समेत गरे । उक्त भेटमा आयरल्याण्डका अध्यक्ष जेरी बट्टिमरले सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको जानकारी दिएका थिए ।

त्यस्तै, उनले नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताउँदै नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरू उदाहरणीय रहेको भन्दै प्रशंसा समेत गरेका थिए ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?