Trending
>>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल >>   अराजकता र अनियमितताहरु लाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद
Logo
३ भाद्र २०८२, बुधबार
३ भाद्र २०८२, बुधबार

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य


तनहुँ। तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ ।

त्यस्तै, विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । खेतीयोग्य रहेका पैसठ्ठी हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ का भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । त्यस्तै, स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाईंले बताए । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।”

चापागाईंका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ । व्यास–५ को साँघे पतेनी, बन्दीपुर–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उनले जानकारी दिए ।

उक्त कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुई परियोजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का सम्झौता भएको छ भने शुक्लागण्डकी–९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन भएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?