Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य


तनहुँ। तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ ।

त्यस्तै, विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । खेतीयोग्य रहेका पैसठ्ठी हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ का भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । त्यस्तै, स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाईंले बताए । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।”

चापागाईंका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ । व्यास–५ को साँघे पतेनी, बन्दीपुर–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उनले जानकारी दिए ।

उक्त कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुई परियोजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का सम्झौता भएको छ भने शुक्लागण्डकी–९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन भएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?