Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बिहान ढिला सम्म सुत्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ७ प्रभावकारी टिप्स !


एजेन्सी । बिहान चाँडै उठ्दा राम्रो एकाग्रता, दिर्घकालिन उर्जा र थप कुराहरू सहित सकारात्मक स्वास्थ्य लाभहरू छन् । तर, यो काम सबैका लागि भने त्यति सजिलो पक्कै छैन ।

यद्यपी, प्रयास गर्दा नसकिने केही छैन, अनि हरेक प्रयास सफल हुने विभिन्न विधिहरू हुन्छन् । त्यसैले, यहाँ बिहान चाँडै उठ्नका लागि अपनाउन सकिने केही विधिहरू सुझाएका छाै । के छन् त त्यस्ता विधि ?

१. सुत्ने समय सेट गर्नुहोस्

तपाईंको शरीरलाई चाँडै सुत्न तालिमले तपाईंलाई हरेक बिहान चाँडै उठ्न मद्दत गर्न सक्छ। धेरैजसो वयस्कहरूले प्रत्येक रात सातदेखि नौ घण्टा सुत्ने लक्ष्य राख्नुपर्छ – त्योभन्दा कमले सुत्नाले तपाईंलाई चाँडै उठ्नका लागि ठूलो संघर्ष गर्नुपर्ने हुनसक्छ ।

२. स्मार्टफोन र ल्यापटपबाट जोगिने

सुत्नुभन्दा करिब ३० मिनेट अगाडि स्मार्टफोन र ल्यापटपबाट टाढा रहँदा राम्रो निद्रामा योगदान पुग्न सक्छ। द स्लीप जजका अनुसार, स्क्रिनबाट निस्कने नीलो प्रकाशले तपाईंको शरीरको प्राकृतिक मेलाटोनिन स्तरहरू परिवर्तन गर्न सक्छ, जसले गर्दा निदाउन गाह्रो हुन्छ। त्यसैलै, राम्रो निद्रा र बिहान चाँडै उठ्नका लागि स्क्रिन समय कम गर्नैपर्छ ।

३. राती खानेकुरा खाने बानी त्याग्नुहोस् 

सुत्नुअघि खानेकुरा खाने बानी बस्दा यसले थप भोक उत्पन्न गराउन सक्ने अध्ययनहरूले देखाएका छन् । जसका कारण एसिड रिफ्लक्स जस्ता समस्याहरू निम्तिन सक्छन् । सुत्ने समयमा खाने बानीले थकान र भोकलाई भ्रमित गर्नबाट रोक्ने समेत देखिएको छ ।

४. चिनीयुक्त (इनर्जी ड्रिंक्स) पेय पदार्थ र कफीबाट बच्नुहोस्

इनर्जी ड्रिंक्स र कफीले तपाईंलाई अध्ययन गर्न आवश्यक थप उर्जा दिन सक्छ । तर सुत्नुअघि चिनी वा क्याफिनको ठूलो मात्राले निदाउन चुनौतीपूर्ण बनाउँछ । चिनी सोडा, इनर्जी ड्रिंक्स र कफी को सीमित उपभोग स्वस्थ निद्राको बानी बसाउन महत्वपूर्ण साबित भएको छ ।

आफूलाई हाइड्रेटेड राख्न सुत्नुअघि पानी वा चिया भने खान सकिने अध्ययनहरूले देखाएका छन् ।

५. रातीका लागि काम साँचेर नराख्नुहोस्

रातीका लागि काम साँचेर राख्दा मानसिक तनाव पैदा हुने र यसले सुत्नै नसकिने अवस्था समेत निम्तिन्छ । जसको असर अर्को दिन उठ्ने समयमा अवश्य पर्छ नै । त्यसैले, सकेसम्म रातीका लागि काम नराख्ने बरू बिहान सबेरै उठेर गर्दा फाइदाजनक हुन्छ । शान्त मानसिक अवस्थाले राम्रो निद्रा उत्पन्न गराउने र अर्को दिन सबेरै उठ्न मद्दत गर्छ ।

६. पर्दा खोलेर सुत्नुहोस्

सुत्नुअघि आफ्नो ब्लाइन्ड वा पर्दा अलिकति खुला छोड्नुहोस् । यसले अर्को दिन बाहिरको प्रकाश कोठामा प्रवेश गर्न पाउँछ र उक्त प्रकाशले उठ्नका लागि उर्जा दिने गर्छ । घमाइलो दिनहरूमा यो प्रयोग अझैै प्रभावकारी हुन सक्छ । रात छोटाको भएको समयमा बिहान चाँडै उज्योलो हुने हुँदा यो प्रभावकारी हुन सक्छ ।

७. अलार्म राखेर मोबाइल बेडबाट टाढा राख्नुहोस् 

यदी बेडमै वा बेड नजिक मोबाइल राखेर अलार्म सेट गर्नु भएको छ भने यो त्यति प्रभावकारी नहुन सक्छ । यदी बेडभन्दा टाढा मोबाइल राख्दा अलार्म बजेपछि बन्द गर्नका लागि भए पनि उठ्नै पर्ने हुनसक्छ । केही उपाय नलागेको अवस्थामा यो पनि एउटा प्रभावकारी विधि हुन सक्छ ।

एजेन्सीहरूको सहयोगमा


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?