Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

युक्रेन र रसियाका लागि श्रम स्वीकृति दिन रोक


काठमाडौं। सरकारले युद्धग्रस्त मुलुकहरू युक्रेन र रसियामा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ भने वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।

त्यस्तै, रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

उक्त विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयले यसअघि रुस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्रै व्यक्तिगत श्रम स्वीकृति लिएर १ जना महिलासहित ३५ जना नेपाली रुस गएका थिए । त्यो भन्दा अघि कार्त्तिकमा ४२ जना, असोजमा ४१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रुस पुगेका थिए ।

गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै २९२ जना नेपालीले श्रम स्वीकृति लिएर रूप पुगेका थिए । सरकारले युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिन बन्द गराएको थियो ।

 

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?