Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

निर्वाचन आयोगले फेर्‍यो निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित):-


काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् ।

त्यस्तै, पुस १८ गतेको न्याय परिषद्ले उनीहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । त्यसपछि आयोगले जिल्ला न्यायाधीशहरूलाई अधिकृत तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार वाग्मती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाएपछि त्यहाँ समेत अधिकृत फेरिएको छ ।

निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो ।

आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ । त्यस्तै, वाग्मतीमा जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ ।

कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको पौडेलले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?