Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निर्वाचन आयोगले फेर्‍यो निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित):-


काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् ।

त्यस्तै, पुस १८ गतेको न्याय परिषद्ले उनीहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । त्यसपछि आयोगले जिल्ला न्यायाधीशहरूलाई अधिकृत तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार वाग्मती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाएपछि त्यहाँ समेत अधिकृत फेरिएको छ ।

निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो ।

आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ । त्यस्तै, वाग्मतीमा जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ ।

कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको पौडेलले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?