Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने


काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ ।

आज उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ भने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्न थालेको हो ।

त्यसैगरी, इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् भने बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो भने माघ ३ मा साँवा र ब्याज भुक्तानी हुनेछ । पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप खिचिरहेको छ ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?