Trending
>>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो >>   आजदेखि नेपालको बिजुली बांङ्लादेश निर्यात सुरु >>   राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बस्दै >>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन >>   दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा >>   सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण >>   रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता, सुनुवाइ मङ्सिर ३ गते >>   काठमाडौं अदालतले भन्यो- पशुपति/गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन


काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिएका छन् ।

त्यस्तै, नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन् । यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक इन पिरियड’ भनिन्छ । बोर्डको सोमबारको निर्देशनअनुसार अब ‘लक इन पिरियड’ खुल्नु एक महिना अगावै त्यसको जानकारी दिनुपर्नेछ ।

“सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयर बिक्री गर्न नपाइने गरी तोकिएको ‘लक इन पिरियड’ समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ”, बोर्डको निर्देशनमा भनिएको छ ।

‘लक इन’सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सर्वसाधारण लगानीकर्तालाई समेत त्यसको जानकारी हुने व्यवस्था गर्न आवश्यक देखिएकाले यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ । सङ्गठित संस्थाले ‘लक इन पिरियड’ खुल्ने अवधिबारे धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिनुपर्नेछ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?