Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल


काठमाडाैं। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् ।

जनसाहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उनले बताए ।

त्यस्तै, स्वदेशका सांस्कृति, सामाजिक पक्षका साथै सभ्यताको जगेर्ना हुन नसकेकाले भाषा, साहित्यको अतिक्रमण हुँदै गएकामा हामी सबै त्यसतर्फ सचेत रहनुपर्ने नेता खनालको भनाइ थियो । मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा रहेको बताउँदै उनले त्यस्तो कार्यले सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्राप्त अधिकार सङ्कुचित हुन सक्ने औँल्याए ।

नेता खनालले विभिन्न शक्ति राष्ट्रको प्रभाव बढेकाले राष्ट्रियताका साथै राजनीतिक प्रणालीमा समेत सङ्कट देखा परेको बताउदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड समेत दिए ।

नेता खनालले मुलुकमा विद्यमान विभेद, वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न सरकारलाई आग्रह समेत गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले विगतमा मुलुकमा राष्ट्रिय औद्योगीकरणको विकास गर्न नसकेकाले आर्थिक सङ्कट आएको उल्लेख गर्दै यसलाई समाधान गर्न सबै दलहरुले प्रष्ट नीति बनाउनुपर्ने विचार व्यक्त गरे ।

उनले मुलुकका विभिन्न समयमा भएको आन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएकाले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिए । समाजवादको मुख्य आधार उद्यमशीलताको विकास तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने भएकाले जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने नेता खनालको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?