Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक


पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उहाँले भन्नुभयो “पछिल्लो पाँच वर्षयताकै धेरै पर्यटक यसपाली आएका छन् ।” उहाँका अनुसार अठतालीस देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ ।

सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । सन् २०२० मा दुर्ई हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए । विसं २०२२ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार सात सय २४ पयृटक सार्क राष्ट्रका छन् । उन्नाइस हजार दुई सय छजना तेस्रो मुलुकका हुन् भने १३ हजार छ सय २५ पर्यटक मनाङ हुदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् । यसैगरी तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार तथा तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् ।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटल व्यवसायी र मजदूरलाई राहत मिलेको लोमान्थाङका घरबास सञ्चालक टासी गुरुङले बताउनुभयो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?